KP Oli Support 3काठमाडौ। नेपालमा मनमोहन अधिकारी नेतृत्वको सरकार पछिको लोकप्रिय सरकार केपी शर्मा ओली नेतृत्वको सरकार नै सावित भयो। भारतको अघोषित नाकाबन्दीलाई समेत परवाह नगरिकन भारतसंग नझुकिकन राष्ट्रवादी कदम चाल्ने तथा नेपाली जनताको हितको लागि कार्य गर्ने केपी शर्मा ओली नेतृत्वको सरकारलाई भारतको इशारामा गिराउने कार्य गर्ने नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको घटिया रबैयाको आज शुक्रबार खुलेर विरोध गरेको पाइयो।

KP Oli Support 1काठमाडौको माइतिघर स्थित मण्डलामा स्वतस्फुर्त आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सरकारको निरन्तरताको माग गर्दै नारा लगाएका छन्। डेढ घण्टा लामो कार्यक्रममा हजारौको संख्यामा उपस्थित युवाहरुले ओलीले राष्ट्रिय स्वाभिमान उँचो बनाएको, भारतीय नाकाबन्दीको सामना गरेको, विकास र समृद्धिको बाटो लिएको भन्दै नाराबाजी गरेका थिए।

KP Oli Support 4

कतिपयले ‘आईएमविथकेपीओली’ लेखिएको टिसर्ट लगाएका थिए । सामाजिक सञ्जालमा खडा भएको ‘स्वतन्त्र युवा अभियान’ले प्रदर्शन गरेको हो । प्रदर्शनमा एमाले निकट युवा तथा विद्यार्थीहरुको उपस्थिति रहे पनि मञ्चमा चिनिएका नेता कार्यकर्ता थिएनन् । उपस्थित कतिपयले आफूले अहिलेसम्म एमालेलाई भोट नदिएको, कुनै पार्टीको समर्थक नभएको भन्दै गीत, कविता, मुक्तक र क्यारिकेचर प्रस्तुत गरेका थिए। युवाहरुले शुक्रबार बिहान पनि पोखरामा ओलीको पक्षमा मोटरसाइकल र्‍याली तथा प्रदर्शन गरेका थिए।

KP Oli Support 2प्रकाशन मिति–२०७३ साल असार ३१ गते शुक्रबार ।