Copy of apatka dewata 2काठमाडौ। कपिलवस्तु बाणगंगा–१४ मधुवनकी रुपा पोखरेल यतिखेर काठमाडौमा रहेकी छन्। काठमाडौ आउनु र काठमाडौको बास गर्नु उनको लक्ष्य तथा उदेश्य भनेको हाललाई पढाई नै हो। प्लस–टुको ट्युसन क्लास लिनको लागि दोश्रो पल्ट काठमाडौ आएकी पोखरेलले विशाल मिलन केन्द्रको आयोजनामा आयोजित रक्तदान कार्यक्रममा पहिलो पल्ट रक्तदान गरेकी छन्। रक्तदान गर्नुको पछाडि नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको प्रभाव तथा प्रेरणा रहेको भिजन संसारसंगको भेटमा पोखरेलले बताएकी छन्।

apatka dewata 4

६ महिनाअघि मात्र बर्षदिनको छोरीको मुटुको अप्रेसनको क्रममा कपिलवस्तुवाट काठमाडौ आउंदा धेरैपल्ट रगतको लागि नेपाल रेडक्रस सोसाइटीवाट प्रदर्शनी मार्गमा संचालित ब्लड बैंक रक्त संचार केन्द्रमा जांदा त्यहाँका कर्मचारीको झर्कोफर्कोवाट आजित बनेको लामो फेरहस्ताको कथा भिजन संसारलाई पोखरेलले बुझाएकी छन्। त्यस कथामा एक विवश आमा छोरीको प्राणको लागि भिक्षा माग्दै दुई पाउण्ड रगतको लागि ब्लड बैंकका कर्मचारीलाई हारगुहार गर्दा रगत नभएको भन्दै झर्कोफर्को गरेको पीडा उक्त बास्तविक कथामा उल्लेख गरेकी छन्।

apatka dewata 5

पोखरेलको आमा हुनुको विवशता र छोरीको ज्यान बचाउन रगतको जोहो गर्नुपर्ने वाँध्यता तथा दुई दिनभित्र रगत रेडी गरेर अप्रेसनको लागि आउन भनिएको डाक्टरको त्यो बचनलाई शिरोधार्य गरेर रगत खोज्न हिंडे्का उनै पोखरेलले ब्लड बैंककै एक कर्मचारी मार्फत नेपालका आपतका देवता मानिएका प्रेमसागर कर्माचार्यको मोबाइल नंबर ९८५१०६९३३८ पाएकी थिइन्।

apatka dewata 3

झिनो आशा लिएर नेपाल स्वयमसेवी रक्तदाता समाजका अध्यक्ष समेत रहेका कर्माचार्यलाई कल गर्दा कर्माचार्यले रगतको ग्रुप तथा डाक्टरको प्रेस्किप्सन सहित भेट्न भनेपछि कर्माचार्यलाई पहिलो पल्ट बानेश्वर क्याफेमा भेटेकी पोखरेलले भेटेकी थिइन्। सोही भेटमा कर्माचार्यको ढाड्स र सहयोगी व्यवहारवाट निक्कै प्रभावित बनेकी उनमा अव भने छोरीलाई बचाउन सक्ने प्रशस्त आशा पलाएको थियो। नभन्दै छोरीको अप्रेसनको लागि रगतको संपूर्ण व्यवस्था गर्ने कार्य निस्वार्थ रुपमा कर्माचार्यवाट भएको भिजन संसारलाई उपलव्ध गराएको बास्तविक कथामा उल्लेख गरेकी छन्।

apatka dewata 2कर्माचार्यको सहयोग र साथले छोरीको सफल उपचार भएको र छोरीको ज्यान बचेको बताएकी पोखरेल भगवानलाई मन्दिरमा गएर पूजा गर्दापनि नमिलेपनि मनुष्यको रुपमा भगवान प्रेमसागर कर्माचार्य नै पाएको लेखेकी छन्। उनको मनले प्रेमसागर कर्माचार्यलाई नै सच्चा भगवानको रुप मानेको भनेकी छन्। चौविसै घण्टा रगतको लागि अलर्ट बनेर विरामीहरुको सहयोगमा निःस्वार्थ लागिपर्ने रेकर्डेट रक्तदाता कर्माचार्य जस्तै बन्ने सोचमा रक्तदान गर्ने कार्यको प्रारम्भ गरेको उनले भिजन संसारलाई बताएकी छन्। कपिलवस्तु फर्केर रक्तदान संवन्धमा जनचेतना बढाउन आफू कम्मर कसेर लाग्ने समेत उनले प्रण गरेकी छन्।

प्रकाशन मिति–२०७२ साल चैत्र २३ गते मंगलवार ।