TU Chihan.1काठमाडौ। काठमाडौको महाराजगञ्जस्थित त्रिविवि टिचिङ्ग हस्पिटल परिसरभित्रको आठ आना जग्गालाई चिहानको रुपमा प्रयोग गरिदैआएको खुलासा भएको छ।

विगत ४१ बर्षदेखि त्यस आठ आना जग्गामा टिचिङ्ग हस्पिटलमा रहेका बर्षौ बर्षका बेवारिसे शवलाई त्यहाँ दहन गर्दैआएको नयाँ पत्रिका दैनिकले उल्लेख गरेको छ।

फरेन्सिक मेडिसिन विभाग अगाडिको त्यो आठ आना जग्गामा सनाखत नभएका हजारौ शव गाडिएका छन्। ६ महिनायता मात्र पनि सनाखत हुन नसकेका १ सय ३७ शवमध्यै असोज महिनामा ८४ र पुस महिनामा ५३ शव खातमाथि खात लगाएर गाडिएका छन्।

शव दहन गर्ने स्थानको अभावको कारण शव खातमाथि खात लगाएर दहन गर्न बाँध्य भएको अस्पताल सूत्रले बताएको छ। जसले शव राम्रोसंग नपुरिँदा त्यस क्षेत्रमा दूर्गन्ध फैलिएको छ।

TU Chihanप्रकाशन मिति–२०७३ साल माघ ५ गते बुधवार ।