–नारायण लिँखा देवान
ललितपुर। ललितपुरको शान तथा गौरबको रुपमा रहेको ललितपुर महानगरपालिका वडा नंबर ५ स्थित महालक्ष्मी मन्दिरमा पनि अत्यन्त सुरक्षा रणनीति अपनाएको छ।

भक्तजनहरुलाई सामाजिक दूरी कायम गरेर सिमित मात्रामा दर्शन गर्ने तथा पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ। श्रीमहालक्ष्मी मन्दिर व्यवस्थापन समितिका सचिव अच्यूत खनालका अनुसार, कोरोनाको कहरमा भक्तजनहरुलाई बच्न र बचाउन मन्दिरको घण्टा बजाउन पनि मनाही गरिएको छ।

मन्दिरमा रहेका सवै घण्टालाई कपडाले बाँधेर छोपेर राख्ने कार्य भएको छ। महालक्ष्मी मन्दिरको गौरबता तथा सौन्दर्यकरणलाई नियमितता दिन निरन्तर सरसफाई गर्ने कार्य पनि भैरहेको छ।

नित्यपूजा र सामान्य दर्शन वाहेकका पूजाआजाको अलावा पहिलाजस्तो महालक्ष्मी मन्दिरमा कुनैपनि प्रकारको भीडभाड नगर्न र नगर्न लगाउन मन्दिर व्यवस्थापन समितिले अनुरोध गरेको छ।


प्रकाशन मिति–२०७७ साल बैशाख ३१ गते बुधवार ।