ललितपुर। आमा मिलन केन्द्रको आयोजनामा एक दिने महिला अभिमुखिकरण तालिम संपन्न भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ को अनुदान सहयोगमा एक दिने महिला अभिमुखिकरण तालिम संपन्न भएको हो।

महिला अभिमुखिकरण तालिमवाट महिलाहरु लाभान्वित बनेको ललितपुर महानगरपालिका वडा नंबर ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले वताएका छन्। तालिममा विभिन्न महिला समुदायका ९३ जना महिला दिदीबहिनीहरुको सहभागिता रहेको थियो। महिला अधिकार, कानून र महिलाको सवालका संवन्धमा स्रोतपर्सन ज्ञानीशोभा महर्जनले तालिम प्रदान गरेकी थिइन्।

त्यस्तैगरेर, ललितपुर प्याथल्याबले महिला स्वास्थ्य संवन्धी जानकारी दिएका थिए। कार्यक्रममा वडा सरकार प्रमुख विकासमान श्रेष्ठको प्रमुख आतिथ्यता तथा वडा सदस्यहरु अशोक कुमार श्रेष्ठ, शोभादेवी प्रधान श्रेष्ठ, पूनम निरौला र मञ्जु रिजालको विशेष आतिथ्यता रहेको थियो।
प्रकाशन मिति–२०७७ साल फागुन ५ गते बुधवार ।