न्यूयोर्क । जाति, धर्म तथा राजनीतिभन्दा माथि उठेर विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकतामा बाँध्ने महाअभियानमा लागेको हामी नेपाली ग्लोबलले अमेरिकाको न्यूयोर्क राज्यमा निःशुल्क खाना वितरण गरेको छ। कोरोनाको महामारीको कारण रोजगारी गुमाएका नेपाली तथा अमेरिकीहरुलाई हाइजेनिक ७ सय बक्स खाना निःशुल्क वितरण गरेको हो।

फेब्रुअरी १४ तारिख आइतबारका दिन निःशुल्क खाना वितरण कार्यक्रममा हामी नेपाली ग्लोबल केन्द्रिय अध्यक्ष अमृत लामा,प्रथम उपाध्यक्ष नबराज केसी ,खेलकुद बिभाग प्रमुख मोहन वाइबा लगायत विभिन्न समाजसेवि ब्याक्तित्वहरुको सहभागीता रहेको थियो। न्यूयोर्क राज्यको १५.०३ कलेज पोइन्ट बि एल बि डि कलेज पोइन्ट एन वए ११३५६ स्थित प्रति बक्स ५० डलर मूल्य पर्ने ७०० बक्स “खाना” निःशुल्क वितरण गरिएको जानकारी हामी नेपाली ग्लोबलले दिएको छ। जसको मूल्य ३५ हजार अमेरिकी डलर अर्थात नेरु ४० लाख ६० हजार रुपैयाँ परेको छ।

यसैवीच हामी नेपाली ग्लोबलका प्रथम उपाध्यक्ष नवराज केसीले सिटी काउन्सिल न्यूयोर्क डिस्ट्रिक १९ मा उम्मेदवारी दर्ता गरेको पनि हामी नेपाली ग्लोबलले जनाएको छ। केसी अमेरिकी न्यूयोर्क सिटी काउन्सिलमा उम्मेदबारी दिने पहिलो नेपाली अमेरिकन हुन।


प्रकाशन मिति–२०७७ साल फागुन ४ गते मंगलवार ।