काठमाडौं। भ्यालेन्टाइन–डे अर्थात प्रेम दिवसको अवसर पारेर निनिज बुटिकको शुभारम्भ भएको छ। काठमाडौंको चावहिल गणेशस्थान नजिक निनिज बुटिकको शुभारम्भ भएको हो।

नेपाल स्टार उपाधि पाउन सफल नेपाली अभिनेत्री विष्णु चेम्जोङले रिबन काटेर निनिज बुटिकको उदघाटन गरेपछि विधिवत रुपमा शुभारम्भ भएको जनाइएको छ। निनिज बुटिकले नै तयार गरेको गाउनमा अभिनेत्री चेम्जोङ बुटिक उदघाटनमा देखिएकी थिइन्। बुटिक उदघाटन पश्चात अभिनेत्री चेम्जोङले निनिज बुटिकका सवै पहिरनहरुको डिजाइन एक से एक भएको प्रतिक्रिया दिएकी छन्।

फेसन डिजाइनमा आमूल परिवर्तन ल्याउने कार्यमा अत्यन्त क्रियाशील नेपाली फेसन डिजाइनर निशा श्रेष्ठ सञ्चालक रहेको निनिज बुटिकमा फेसन डिजाइन पारखीहरुको चाहनाअनुरुप युग सुहाउंदो गजब गजबका फेसनेबल पहिरनको ग्यालरी नै रहेको छ।

जहाँ फेसन पारखीहरुले आफ्नो चाहना वमोजिम अर्डर तथा खरीद गर्न सकिने जानकारी फेसन डिजाइनर निशा श्रेष्ठले दिएकी छन्। निनिज बुटिकमा गाउन, सारी, लेहेँगालगायत क्याजुअल परिहनलाई बढी प्राथमकिता दिइएको छ।

Photo By-Laxmi Shrestha

प्रकाशन मिति–२०७७ साल फागुन २ गते आइतवार ।