Bharat Bomzon 1

काठमाडौ । सुदूरपश्चिममा व्याप्त महिला हिंसा र कुरितीमा आधारित भएर लेखिएको पुस्तक दुर्गामाण्डौँ सार्वजनिक भएको छ।

काठमाडौमा आयोजित एक कार्यक्रममा जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीको प्रमुख आतिथ्यतामा उक्त पुस्तकसंगै त्यसै घटनामा आधारित रहेर तयार पारिएको ४८ मिनेट लामो लघुचलचित्रको पनि प्रथम प्रदर्शनी गरिएको छ ।

चलचित्रकर्मी माधवराज खरेलद्वारा लिखित तथा पत्रकार नवराज दुवाडीद्वरा पुस्तकको सम्पादन गरेका छन्। सुदूरपश्चिमको डोटी जिल्लामा रहेको दुर्गामाण्डौँ गाउँको घटनालाई प्रतिनिधि घटना बनाएर उक्त पुस्तक तयार पारिएको कार्यक्रममा लेखक तथा सम्पादक दुवैले खुलाएका छन्।

कार्यक्रममा वरिष्ठ संचारकर्मी तथा गीतकार भरत बमजन, नायक श्रीदेव भट्टराई, पत्रकार रन्जित धमला, समाजसेवी सविता उप्रेती, नायिका सानिया खान, पत्रकार कमला जोशी, कलाकारहरु तारा याक्खा, गंगा भुजेल, मिन बहादुर बोहोरा लगायतलाई सम्मान एवं कदर पत्र प्रदान गरिएको थियो ।

Bharat Bomzon 3प्रकाशन मिति–२०७३ साल फागुन ७ गते शनिवार ।