Muktinath Mustanga 1काठमाडौ। मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा धार्मिक पर्यटकको भीड लागेको छ । मुक्तिनाथ मन्दिरको दर्शन, पूजापाठ र १०८ धारामा स्नान गर्न देशका विभिन्न भागबाट भक्तजन मुक्तिनाथ पुगेका हुन् । मुक्तिनाथमा दर्शन, पुजन र १०८ धारामा स्नान गरेमा आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वासले देशका विभिन्न भागबाट पर्यटक त्यहाँ पुग्ने गरेका हुन्।

Muktinath Mustanga 3दशैको बिदा मनाउन मुस्ताङ पुग्ने आन्तरिक पर्यटकमध्ये अधिकांशको रोजाइमा मुक्तिनाथ पर्ने गरेको छ। कष्टपूर्ण यात्रा गरेर मुक्तिनाथ पुगेपछि सबै दुःख भुल्ने गरेको अधिकाँस यात्रीहरुको भनाई रहेको छ। उनीहरुले त्यहाँ पुगेपछि आनन्दको महसुस पनि गर्ने गरेका छन्।

Muktinath Mustanga 2पोखरा–जोमसोम हवाईमार्गका साथै बेनी–जोमसोम–कागबेनी सडकमार्गको प्रयोग गरी मुक्तिनाथ पुग्न सकिन्छ । म्याग्दी सदरमुकाम बेनीदेखि कागबेनीसम्म कच्ची सडकको यात्रा गर्नुपर्छ भने कागबेनीदेखि मुक्तिनाथसम्म १२ किलोमिटर सडक भने केही समयअघि मात्र कालोपत्रे गरिएको छ । एकहजार रोपनी क्षेत्रफलमा फैलिएको मुक्तिनाथमा नेपालीका साथै भारतीय पर्यटक पनि उत्तिकै संख्यामा आउने गरेका छन् ।

Muktinath Mustanga 4मुक्तिनाथको ऐतिहासिक महत्व र १०८ धारामा स्नान गर्न जीवनमा एकपटक पुग्नैपर्ने गन्तव्यको रुपमा धार्मिक ग्रन्थहरुमा समेत उल्लेख गरिएको छ।
मुक्तिनाथ पुग्ने धार्मिक पर्यटकका कारण मुस्ताङको कागबेनी, मुक्तिनाथ, जोमसोम, मार्फा, लेतेलगायत र म्याग्दीका अधिकांश होटलसमेत भरिभराउ भएका छन्।
प्रकाशन मिति–२०७४ साल असोज १९ गते विहीवार ।