Bidhya Sundar Shakya-Mayor of Kathmandu Metropolitan City
Bidhya Sundar Shakya-Mayor of Kathmandu Metropolitan City

काठमाडौ। नेपालको राजधानी काठमाडौको काठमाडौ महानगरपालिकाका सर्वप्रिय भोट पाएर अत्यन्त चर्चामा आएका मेयर विद्यासुन्दर शाक्यलाई फेल गर्न अनेकन षडयन्त्र भैरहेको खुलासा भएको छ। मेयर शाक्यको मिसन तथा भिजनमा तगारो बन्ने कार्य यतिखेर काठमाडौ महानगरपालिकाका भ्रष्ट कर्मचारी तथा नेपाली कांग्रेसवाट विजयी बनेका वडा अध्यक्षहरु नै भएको स्पष्ट भएको छ।

उनीहरु सकभर मेयर शाक्यका मिसन तथा भिजनलाई फेल गरेर कामै गर्न नदिने योजनामा तानाबुना बन्ने गरेको पर्दाफास पनि भएको छ। जसले गर्दा मेयर शाक्यले १ सय दिनमा १ सय १ काम गर्ने अठोटलाई तुषारापात गराउन कम्मर कसेका कांग्रेसी वडा अध्यक्षहरुले कांग्रेस समर्थक कर्मचारीहरुसंग सेटिङ्ग मिलाएर नचाहिने बदनाम गर्ने कोशिश गरेको मेयर शाक्य निकतवर्ती कर्मचारीहरुको भनाई रहेको छ।

Kathmandu Metropolicition City

मेयर शाक्यले अहोरात्र काठमाडौ महानगरपालिकालाई अति सुन्दर र सुरक्षित बनाउन गरेका कार्यहरुलाई छायाँमा पारेर स्क्याण्डल मच्चाउने कार्य मात्र गरेको उनीहरुको दावी रहेको छ। नेपाली कांग्रेसवाट उपमेयरमा विजयी हरिप्रभा श्रेष्ठ खड्गी मेयर शाक्यको कार्यको पक्षमा रहेतापनि मेयरको कार्यलाई सहयोग गरेर काठमाडौ महानगरपालिकालाई उर्वर बनाउन भन्दा राजनीतिक प्रतिशोध साच्ने प्रयास भैरहेको उनीहरुले भनेका छन्।

जसलेगर्दा काठमाडौ महानगपालिकाको नगर कार्यपालिको बैठकलाई वडा नंबर १६ का कांग्रेसी वडा अध्यक्ष मुकुन्द ढुंगानाको नेतृत्वले बुधवार बहिष्कार गरेको कुरा प्रकाशमा आएको छ। ढुंगानाको यसप्रकारको कार्यशैलीले स्वयम नेपाली कांग्रेसवाट विजयी उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीलाई समेत काम गर्न कठिन हुन पुगेको छ। नगर कार्यपालिका बैठकमा आफ्नो पक्षमा बहुमत भएतापनि मेयर शाक्य शालिन स्वभावका भएका कारण सकेसम्म सहमति गरेरै अघि बढ्ने सोचमा रहेका छन्।

विपक्षीहरुले जुनसुकै तथा जतिसुकै अनाहक अफवाह फैलाएपनि मौन बनेर काठमाडौ महानगरवासीलाई दिएका बचन पूरा गर्न आफू अत्यन्त क्रियाशील भएर काम गरिरहेको मेयर शाक्यले भनेका छन्। भाद्र २२ गते मेयर शाक्य मेयर बनेको १ सय दिन पुग्दैछ। यसदिन मेयर शाक्यले गरेका सवै कार्य जनसमक्ष ल्याउने भएका छन्। विपक्षीहरुले फैलाएका झूठका खेतीलाई साम्य पार्ने कोशिशमा मेयर शाक्य रहेका छन्।
प्रकाशन मिति–२०७४ साल भाद्र २१ गते बुधवार