ललितपुर । नेपाल मानव अधिकार संगठन केन्द्रिय कार्यालय र लोकतान्त्रिक विचार समाजको आयोजनामा म्यानमारमा भएको अत्याचारपूर्ण मानवअधिकार हननको विरोध गर्ने कार्य भएको छ।

ललितपुर हरिहरभवन स्थित संयुक्त राष्ट्र संघको नेपाल कार्यालय अगाडि नेपाल मानव अधिकार संगठन केन्द्रिय कार्यालय र लोकतान्त्रिक विचार समाजले धर्ना सहित विरोध गर्ने कार्य भएको हो।

विरोध तथा धर्ना कार्यक्रममा म्यानमारमा भएको अत्याचारपूर्ण मानवअधिकार हननको घोरभत्सना गर्दै संयुक्त राष्ट्र संघसमक्ष म्यानमारको मानवअधिकारलाई सुरक्षित वनाउन आग्रह गर्ने कार्य भएको छ।

नेपाल मानव अधिकार संगठनका केन्द्रिय सभापति महामुनिश्वर आचार्य, केन्द्रिय महासचिव बिजुलकुमार विश्वकर्मा दुलाल, बरिष्ठ मानवअधिकारकर्मी डा.कपिल श्रेष्ठ, केन्द्रिय सदस्य एवम् नेपाल मानव अधिकार संगठन ललितपुर जिल्ला सभापति कृष्णहरि अर्याल, मानवअधिकारर्मी नारायण लिंखा देवान, शिवहरि खनाल, राधा महर्जन, कला गुरुङ, प्रेम लिम्बु लगायतकाको उपस्थिति थियो।

त्यस्तै, लोकतान्त्रिक विचार समाजका अध्यक्ष केदारनरसिंह केसी लगायतका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो।


प्रकाशन मिति–२०७७ साल चैत्र २० गते विहीवार ।