मध्यपुर थिमि । नेपाली पत्रकारितामा चार दशक लामो युगिन पत्रकारिता गर्दैआएका कर्मशील युगिन पत्रकार राजेन्द्र स्थापितलाई उच्च सम्मान सहित पुरस्कृत गरिएको छ। नेवाःपत्रकार राष्ट्रिय दबूको आठौं बार्षिक साधारण सभामा युगिन पत्रकार राजेन्द्र स्थापित पुरस्कृत वनेका हुन।

पुरस्कृत युगिन पत्रकार स्थापितलाई नगद २० हजार सहितको ज्ञानज्योति लक्ष्मीप्रभा पुरस्कार प्रदान गरिएको छ। मध्यपुर थिमि नगरपालिकाका हसमुख मेयर मदनसुन्दर श्रेष्ठले जनआस्था साप्ताहिकका प्रवन्ध सम्पादक समेत रहेका युगिन पत्रकार स्थापितलाई सम्मान सहित पुरस्कार प्रदान गरिएको हो। पत्रकार स्थापितका साथमा कृष्ण किसी, रेखा शाक्य र बोधि टेलिभिजनलाई पनि पुरस्कृत गरिएको थियो।

साथमा नेपाल र चीनको दुवै मोहडावाट विश्वको अग्लो शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने पर्यटन पत्रकार कल्पना महर्जनलाई विशेष सम्मान प्रदान गरिएको थियो। त्यस्तै नेपाल सरकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिमा सदस्यमा मनोनित भएका नमस्ते ख्वप टेलिभिजनका संस्थापक ऋषिकेश श्रेष्ठलाई बधाईसहित सम्मान गरिएको थियो।

सम्मानित सबैलाई मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले दोसल्ला ओढाएका थिए भने, वागमती प्रदेशका लाकेप्रिय सांसद राजेश शाक्यले सम्मान पत्र प्रदान गरेका थिए। नेवाःपत्रकार राष्ट्रिय दबूका केन्द्रिय अध्यक्ष सुरजवीर बज्राचार्य, बरिष्ठ उपाध्यक्ष, नृपेन्द्रलाल श्रेष्ठ, महासचिव सुनिल महर्जन, सचिव केके मानन्धर, कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ लगायतले नेवाःपत्रकार राष्ट्रिय दबूको कार्य तथा योजना लगायतका विषयमा बोलेका थिए।
प्रकाशन मिति–२०७७ साल चैत्र २० गते शुक्रवार ।