काठमाडौँ। योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ भएकामा मजदुरहरुले ऐक्याबद्धता जनाउँदै मंगलवार साँझ माइतीघर मण्डला लगायत रत्नपार्कमा समेत दीपावली गरेका छन्। संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रको आयोजनामा भएको दीपावली कार्यक्रममा सहभागी मजदूरहरुले उक्त कार्यक्रम आफूहरुको हितमा रहेको भन्दै खुशीयाली मनाएका हुन्।

श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले मैनबत्ती बालेर उद्घाटन गरिएको कार्यक्रममा मजदुरहरुले ‘सामाजिक सुरक्षा श्रमिकलाई, धन्यवाद छ सरकारलाई’ भन्ने नारा लगाएका थिए। पहिलो सामाजिक सुरक्षा दिवस मनाउँदै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम मंगलवार नै शुभारम्भ भएको घोषणा गरेको थियो।

राजधानी काठमाडौंमा आयोजित कार्यक्रमको उद्घाटन गदैं प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ युगको शुरुआत भएको भन्दै श्रम गरेबापत उचित पारिश्रमिक दिने राज्य आफ्ना नागरिकको अभिभावक भएको बताएका थिए।


प्रकाशन मिति–२०७५ साल मंसीर ११ गते मंगलवार ।