Miss Universal 2017

काठमाडौ। यो वर्षको मिस युनिभर्सको उपाधि फ्रान्सकी सुन्दरी आइरिस मित्तेनायरले जितेकी छन् ।

फिलिपिन्सको मनिलामा सोमवार आयोजित ५६ औं संस्करणको मिस युनिभर्सलमा ८६ जना प्रतिस्पर्धीलाई पछि पार्दै मित्तेनायरले उक्त उपाधि जितेकी हुन् ।

२३ वर्षिया मित्तेनायर मिस युनिभर्सको उपाधि जित्ने दाँतकी डाक्टर समेत हुन् ।
(अन्तरराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७३ साल माघ १७ गते सोमवार ।