बौद्धिक अपाङता भएकाका लागि रचना प्रधान सहयोग अक्षय कोष स्थापना हुने

Gokarna News 3 काठमाडौ। व्यक्तिगत रुपमा पनि लामो समयदेखि सामाजिक विकास तथा सेवा गर्दैआएकी रचना प्रधानले बौद्धिक अपाङता भएका बाल–बालिकालाई आकस्मिक सहयोग गरेकी छन्।

Gokarna News 5काठमाडौको गोकर्ण भैरबचौरस्थित स्वस्थ समाज नेपालमा आवद्ध बौद्धिक अपाङता भएका बाल–बालिकालाई सामाजिक अभियन्ता प्रधानले आइतवार आयोजित कार्यक्रममा सहयोग गरेकी हुन्। ती बाल–बालिकालाई दैनिक रुपमा आवश्यक खाजा र खानाका लागि खाद्यान्न सामाग्री उपलव्ध गराउने कार्य प्रधानवाट भएको छ।

स्वस्थ समाज नेपालकी अध्यक्ष तथा बौद्धिक अपाङता भएका बाल–बालिकाकी आमा कहलिएकी सीता श्रेष्ठलाई उक्त खाद्यान्न सहयोग हस्तान्तरण गर्ने कार्य प्रधानले गरेकी छन्। हङकङवाट केही दिनका लागि पारिवारिक भेटघाटको क्रममा नेपाल आएकी हङकङ नेवार समाजकी अध्यक्ष समेत रहेकी प्रधानले हाललाई सानो सहयोग मात्र गर्न सकेको र निकट भविष्यमा रचना प्रधान सहयोग अक्षय कोष नै स्थापना गरेर सहयोग गर्ने सोच राखेको सहयोग हस्तान्तरण कार्यक्रममा भनेकी छन्।

Gokarna News 2

कार्यक्रममा गोकर्णवाट रचना प्रधानले फेसबुकवाट हङकङमा लाइभ प्रसारण गरेर त्यहाँ रहेका सवै नेपालीहरुलाई स्वस्थ समाज नेपालमा आवद्ध १२ जना बालबालिकाका लागि आवश्यक आर्थिक सहयोग गरिदिन अनुरोध समेत गरेकी छन्। स्वस्थ समाज नेपालमा बौद्धिक अपाङता भएका बालबालिकाको लागि आवश्यक पर्ने भौतिक सामाग्री लगायत अत्यावश्यक खाद्यान्नका लागि आर्थिक अनुदानको अत्यन्त आवश्यक भएको छ।

स्रोत तथा साधनको अभावका कारण गोकर्णका सवै बौद्धिक अपाङता भएका बालबालिकालाई समेटिएर उनीहरुलाई निःशुल्क दिवा सेवा दिने सोच पूरा गर्न नसकेको जानकारी संस्थाकी अध्यक्ष सीता श्रेष्ठले भनेकी छन्। जसोतसो १२ जना अति–अशक्त बौद्धिक अपाङता भएका बाल–बालिकालाई सेवा प्रदान गर्ने कार्य स्वस्थ समाज नेपालले गरिरहेको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिएकी छन्।

Gokarna News 1प्रकाशन मिति–२०७४ साल कात्तिक १२ गते आइतवार ।