Bejosकाठमाडौ। विश्वको सबैभन्दा ठूलो अनलाइन कारोबार कम्पनी अमेजनका प्रमुख कार्यकारी निर्देशक (सीईओ) जेफ बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति बनेका छन्।

फोबर्स पत्रिकाका अनुसार माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सलाई पछि पार्दै जेफ बेजोस सबैभन्दा धनी व्यक्तिको सूचीमा परेका हुन्। अमेजन कम्पनीको शेयर मूल्यमा भएको २ प्रतिशनको बढोत्तरीसँगै जेफको सम्पत्ति ९० करोड डलरले बढेर ९० अर्ब ६० करोड डलर पुगेको छ।

यसअघि पछिलो स्थानमा रहेका गेट्सको सम्पत्ति ९० अर्ब १० करोड डलर छ। बिल गेट्सभन्दा जेफ बेजोस ५० करोड डलर बढोत्तरीका कारण यो बर्ष विश्वकै अत्यन्त धनी व्यक्तिको सूचीमा परेको हो।
प्रकाशन मिति–२०७४ साल कात्तिक १२ गते आइतवार ।