धुन्चे (रसुवा) । रसुवाको धुन्चे बजारमा नेपाल स्वयंसेवी रक्तदाता समाजको जिल्ला शाखा गठन भएको छ।

नेपालका रेकर्डेट रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा रसुवा जिल्ला शाखा गठन भएको हो।

कोरोनाको महामारीको वर्तमान अवस्थामा कुनैपनि बेला रगत तथा रक्ततत्वको महत्व र आवश्यकतालाई मध्यनजर गरेर प्रमिला लामाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला शाखा गठन भएको जानकारी केन्द्रिय अध्यक्ष कर्माचार्यले वताएका छन्।

रसुवा जिल्ला शाखा गठनको पूर्ण संयोजन तथा संचालन अधिवक्ता फुर्पा तामाङ्गले गरेका थिए।


प्रकाशन मिति–२०७७ साल पुस १९ गते आइतवार ।