काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) वाट बच्न र बचाउन सनातन नमस्कार गर्ने परम्पराको तिव्र रुपमा विकास भएको छ। नमस्कार गर्ने परम्परा नेपालमा बैदिककालदेखि चल्दैआएको सनातन परम्परा हो। यो परम्परालाई वर्तमान कोरोनाको कहरमा हिजोसम्म हात मिलाउने विश्वकै बैभबशाली राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि बेलायती प्र्रधानमन्त्री बोरिस जोन्सनसम्मले नमस्कार गर्ने नेपालको सनातन परम्परालाई अंगिकार गर्न थालेका छन्।

जुन अत्यन्त सही भएको नेपालको सनातन नमस्कार अभियानको अभियन्ता नै रहेका स्वर्गिय राजा बीरेन्द्र शान्ति प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालको जिकिर रहेको छ। अभियन्ता खनालले आफ्नो प्रतिष्ठानको मूल उदेश्य भनेको नै सनातन रुपमा चल्दैआएको नमस्कार जस्तो अत्यन्त मौलिक परम्परालाई प्रवद्र्धन गर्ने कार्य हो भनेका छन्। प्रतिष्ठान स्थापनाको चारबर्ष यता आफूहरुले सनातन नेपालको मौलिक नमस्कार गर्ने शिष्टाचारको परम्परालाई प्रवद्र्धन गर्दैआएको अध्यक्ष खनालको भनाई छ।

हात मिलाउने तथा अंकमाल गर्ने जस्तो पश्चिमी सभ्यताको परम्पराले गर्दा निर्जीव कोभिड–१९ नामक कोरोनाभाइरस विकसित भएर लाखौंको ज्यान लिइसकेको तथा लाखौं लाखको संख्यामा विश्वभर संक्रमित रहेको वर्तमान अवस्थामा त्यसवाट बच्न र बचाउन विश्वले नै नेपालको बैदिक सनातन नमस्कार गर्ने परम्परालाई अंगिकार गरेकोमा आफू र आफ्नो प्रतिष्ठानको अभियानले सार्थकता पाएको महशुश भएको अध्यक्ष खनालले भनेका छन्।

धार्मिक विश्वास र बैदिक नेपाली सनातन परम्पराको हिमायती शिवहरि खनाल राजावादी होइन। राजावादी नभएतापनि शाहवंशिय राजामा स्वर्गवासी राजा वीरेन्द्र र वीरेन्द्रको नेपाललाई शान्ति क्षेत्र घोषणाको प्रस्तावको कारण विश्वमा नै लोकप्रिय भएको प्रभाववाट आफूले आफ्नो संस्थाको नाम स्व.राजा बीरेन्द्र शान्ति प्रतिष्ठान राखेको बताएका छन्। आफू जन्मेको तीन बर्षको उमेरमा पिता बेपत्ता बनिदिदा एक्लो आमाले आफूसहित तीन सन्तानलाई बनिबुतो गरेर अत्यन्त दुःख गरेर हुर्काएको त्यो बचपनको पललाई संझदा शिवहरि खनालले गहभरि आँशु पारेका छन्।

उनै दुःखले बनेका अनि मेहनतले बनेका कर्मशील शिवहरि खनालले राजा बीरेन्द्रको शासनकालमा राजदरवारभित्रको पर्खाल बनाउंदा ज्याला–मजदूर बनेर इट्टा बोक्ने काम पनि कैयन दिन गरेको त्यो दुःखको क्षणलाई विर्सेका छैन्। यसले गर्दापनि विश्वले मनपराएको स्वर्गवासी राजा बीरेन्द्रलाई आफूले पनि मन पराएको बताएका छन्। अरुले संझेपनि नसंझेपनि आफ्नो प्रतिष्ठानले विगत चार बर्षदेखि राजा बीरेन्द्रको पौष १४ गतेका दिन राजा बीरेन्द्रलाई संझेर विविध सामाजिक कार्यक्रम गर्दैआएको शिवहरि खनाल सगौरब बताउछन्।

त्यसको अलावा शिवहरि खनाल विश्वको अग्रणी सामाजिक संस्था रोटरी क्लबमा पनि आवद्ध छन्। रोटरी क्लव अफ कपनको सन् २०२०–२०२१ को इलेक्टेट प्रेसिडेन्ट हुन। यसलेगर्दा पनि यो एक बर्ष रोटरी क्लव अफ कपनको विशेष जिम्मेवारी तथा दायित्व शिवहरि खनालमा रहेको छ। यस क्लबको माध्यमवाट विश्वस्तरीय विभिन्न उत्कृष्ट सामाजिक कार्यहरुमा सरिक बनेर सेवा गर्दैआएका छन्। दुःखले बनेको मान्छे भएको कारण सवैको दुःख तथा पीडा बुझेका शिवहरि खनालले संघर्षको बेलामा काठमाडौं बालुवाटार देखि टोखासम्म हिउंद बर्षा नभनिकन त्यहाँको स्कुलमा पढाउने पनि कार्य गरे।

त्यसपछि, पुतलीसडकमा कपडाको फेन्सी पसलको व्यापारवाट उँभो लागेका शिवहरि खनालको त्यो बेलाको क्रेता हालको भाटभटेनी सुपर मार्केटका साहु मिनवहादुर गुरुङ पनि हुन। मिनवहादुर गुरुङ जस्ता धेरै प्रतिष्ठित व्यापारीहरु त्यो बेला आफ्नो पसलका क्रेता भएको बताउने शिवहरि खनालभित्र सानैदेखि कलाकारिता लुकेको कारण उनले धेरै नाटक तथा चलचित्रमा पनि कलाकार बनेर अभिनय गरेका छन्। त्यसमध्ये हङकङमा समेत रिलिज भएको चलचित्र चक्कर संझनालायकको चलचित्र हो।

चक्कर लगायतका दर्जनौ चलचित्र तथा कैयन नाटक खेलेको त्यो गर्विलो संझना दिमागमा रहेतापनि हाल तिनको नाम भने शिवहरि खनालले विर्सिसकेका छन्। तरपनि, चलचित्रका हर्टमा टच हुने कुरालाई शिवहरि खनाललाई छुने गरेको छ। यसकारण पछिल्लो लकडाउनमा हेरेको नेपाली चलचित्र सुखदुःख हेरेर भक्कानो छाडेर रोएका छन्। नेपालको पूर्व राष्ट्रिय खेलाडी समेत रहेका शिवहरि खनाल नेपाल लाइफ इन्स्योरेन्स कंपनीको भक्तपुर शाखामा एजेन्सी म्यानेजरको रुपमा पनि कार्यरत जीवन विमा विज्ञ पनि हुन।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७७ बैशाख १३ गते शनिवार ।