काठमाडौ। नेपाल स्वयंसेवी रक्तदात समाजका केन्द्रीय अध्यक्ष तथा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यलाई ललितपुर सम्मान गरिएको छ।

ललितपुरको महापालमा राजोपाध्याय समाज र लायन्स क्लव अफ काठमाडौ बिशाल बजारद्वारा संयुक्तरूपमा आयोजित बिशेष रक्तदान कार्यक्रममा कर्माचार्यलाई सम्मान प्रदान गरेको हो।

उक्त रक्तदान कार्यक्रममा लायन्स क्लब अफ काठमाडौ बिशाल बजारका अध्यक्ष लायन अमृतरत्न ताम्राकारले रेकर्डेट रक्तदाता कर्माचार्यलाई सम्मान प्रदान गरेका हुन्।

कार्यक्रम संयोजक उद्धब आचार्य राजोपाध्यायले कर्माचार्यलाई खादा ओढाएका थिए। कार्यक्रममा राजोपाध्याय समाजका सदस्य तथा सर्वसाधारणले रक्तदान गरेको आयोजकले जनाएको छ।
प्रकाशन मिति–२०७४ साल चैत्र २४ गते शनिवार ।