Pradeep Bikram Rana with Kamal Thapa
Pradeep Bikram Rana with Kamal Thapa

काठमाडौ। पूर्व पञ्चहरुको प्रभावशाली पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनअन्तर्गत आइतवार उम्मेदवार मनोनयन दर्ता भएको छ। काठमाडौको भृकुटीमण्डमा निक्कै तामझामका साथमा जारी महाधिवेशनमा अध्यक्षमा कमल थापा र प्रदिप विक्रम राणाले उम्मेद्वारी दिएका छन्।

थापाको प्रस्तावमा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द र समर्थकमा पशुपतिशम्शेर राणा रहेका छन् । प्रदिप विक्रम राणाको प्रस्तावकमा उमेश ध्वज कुँवर र समर्थकमा शंकर बोहरा रहेका छन्। कमल थापाविरुद्ध उम्मेद्वारीको घोषणा गरेका डा.प्रकाशचन्द्र लोहनी भने अन्तिम समयमा पछि हटेका छन्।

Pradeep Bikram Rana
Pradeep Bikram Rana

सोमवार निर्वाचन हुने राप्रपा एकता महाधिवेशन आयोजक समितिले जनाएको छ। महाधिवेशनले अध्यक्षसहित नयाँ केन्द्रीय समिति चुन्ने छ। संशोधित विधानअनुसार महाधिवेशनले अध्यक्षसहित १ सय ६१ सदस्यीय कार्यसमिति चुन्ने भएको छ।

महाधिवेशनले अध्यक्ष कमल थापाले पेश गरेको राजनीतिक प्रतिवेदन, राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पेश गरेको आर्थिक प्रतिवेदन र बुद्धिमान तामाङले पेश गरेको विधान संशोधन प्रस्ताव पारित गरेको छ ।
प्रकाशन मिति–२०७३ साल फागुन ८ गते आइतवार ।