काठमाडौ। संस्कार तथा परम्परा पनि अनौठो नै हुने गर्दछ। यो संसारमा यस्तो संस्कार छ जहाँ बिहे अघिसम्म महिलाहरुले कपाल पाल्नै पाउँदैनन्। अर्थात्, जीवन साथी फेला नपर्दासम्म युवतीहरु मुडुलो बस्नु पर्दछ।

दक्षिण अफ्रिका, इथियोपिया तथा सोमालियामा बस्ने बोराना आदिवासीहरुमा यो अनौठो प्रचलन रहेको छ। जसअनुसार केटीहरुले निश्चित अवधिसम्म मुडुलो बस्नु पर्दछ।

राम्रो जीवनसाथी पाउनका लागि त्यहाँका युवतीहरु टाउकोमा कपाल राख्दैनन्। अभिभावकहरुले पनि आफ्ना छोरीहरुका लागि यस्तै नियम बनाइदिएका हुन्छन् । जबसम्म उनीहरुलाई जोडी मिल्ने जिवनसाथी फेला पर्दैन, तबसम्म उनीहरुले कपाल पाल्न पाउादैनन्।

जीवनमा उत्कृष्ट जिवनसाथी प्राप्त गर्ने अभिलाषाका साथ बोराना आदिवासीका युवतीहरु यो परम्पराको हृदयदेखि नै पालना गर्दछन्। बाहिरी दुनियाबाट अलग यो आदिवासी समुदाय आफ्नै नियम कानूनमा चल्दै आएको छ । उनीहरु बाहिरी मानिसहरुको हस्तक्षेप स्विकार गर्दैनन्।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल साउन २३ बुधवार