Nisha-Kusum-Bhandari-Marriage.1काठमाडौ। नेपालका कम्युनिष्ट आन्दोलनका प्रखर व्यक्तित्व स्वर्गिय मदन कुमार भण्डारी तथा राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारीको विवाहमा राष्ट्रपति भवन मज्जाले प्रयोग भयो।

जन्ती आउने तथा पाहुनालाई विवाह भोज लगायतका विवाहका सवै रसम राष्ट्रपति भवन शीतल निवास महाराजगञ्जमा नै सोमवार भएको थियो। पूर्वराष्ट्रपति डा.रामवरण यादवका नाति इञ्जिनियर अभिषेक यादवसंग राष्ट्रपति भण्डारीकी छोरी निशाकुसुमको विवाहमा शीतल निवासमा करिब ३ सय जन्ती लगायत पाहुना सरिक बनेका थिए।

Nisha-Kusum-Bhandari-Marriage.2

जसमा पूर्वराजा ज्ञानेन्द्र शाह देखि सवै दलका प्राय शीर्षस्थ नेताहरु उपस्थित थिए। ती सवैको खानपिनको खर्च नेपाल सरकारले नव्यहोर्ने र राष्ट्रपति भण्डारीले व्यक्तिगत रुपमा व्यहोरेको जानकारी राष्ट्रपति भण्डारीका सूचना तथा सञ्चार विज्ञ माधव शर्माले भनेका छन्।

Nisha-Kusum-Bhandari-Marriage

राष्ट्रपतिको स्वकीय सचिवालय उल्लेख गरिएको लेटर प्याडमा प्रेस विज्ञप्ति जारी गर्नुको अलावा राष्ट्रपति भवनको जमिन मात्र प्रयोग गरिएको सञ्चार विज्ञको भनाई रहेको छ। विवाहमा प्रयोग गरिएको पानीको समेत सरकारको नभएको र व्यक्तिगत भएको पनि शर्माले उल्लेख गरेका छन्।

प्रकाशन मिति–२०७३ साल माघ ३ गते सोमवार ।