काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु दशैँ, तिहार तथा छठ बिदामा खुल्ला हुने भएको छ।

आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा पर्वका अवसरमा ११ बजे देखि २ बजेसम्म कार्यालय खुला रहने उल्लेख छ।

आम नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले बिदाका दिनमा उजुरी शाखा खुला राख्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ।

यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका उजुरीहरु लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिको घटनामा आकस्मिक अनुगमनसमेत गर्नेछ।
प्रकाशन मिति–२०७५ साल असोज ३० गते मंगलवार ।