काठमाडौं। लकडाउन यता नेपालमा आकस्मिक रगतको खाँचो अत्यन्त बृद्धि भैरहेको छ। लकडाउनको बेला रक्तदान हुन नसक्दा रगतको खाँचो ज्यादै नै भैरहेको हो। यस खाँचोलाई मध्यनजर गरेर, काठमाडौं महानगरपालिका वडा नंबर ४ चण्डोलस्थित विशाल मिलन केन्द्रको प्रांगणमा आकस्मिक रक्तदान कार्यक्रम भएको छ।

विशाल मिलन केन्द्रकै आयोजनामा भएको आकस्मिक विशेष रक्तदान कार्यक्रमको प्रमुख आतित्यता नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यवाट भएको थियो। शनिवार आयोजिना कार्यक्रममा प्रमुख अतिथि रेकर्डेट रक्तदाता कर्माचार्यले रक्त संकलन थैली हस्तान्तरण गरेपछि शुभारम्भ भएको रक्तदान कार्यक्रममा ८० जनाले रक्तदान गरेका थिए।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं ४ का वडाध्यक्ष मोहन बहादुर बिष्ट,वडा सदस्य दिनेश महर्जन लगायतका स्थानीय जनप्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो। बिशाल मिलन केन्द्रका अध्यक्ष हरि अधिकारीको सभापतित्वमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा सहभागी स्वयंसेवी रक्तदाताहरूलाई हौसला प्रदान गर्न सल्लाहकारहरु दिव्यमणी दीक्षित र अनिशराम भट्टराई र साबल सहकारीका प्रतिनिधि सुवर्णमान श्रेष्ठको समेत उपस्थिति रहेको थियो।
प्रकाशन मिति–२०७७ साल साउन ११ गते आइतवार ।