काठमाडौ। नेपालको मन्त्रिपरिषद् बैठकले रोलक्रम मिचेर नेपाल प्रहरीको आइजीपीमा जयबहादुर चन्दलाई नियुक्त गरेपछि रोलक्रममा पहिलो नंबरमा परेका डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

Nawraj Silwal

सिलवालले आइतबार दिउँसो आफूलाई आइजीपी बनाउनुपर्ने मागसहितको रिट अदालतमा दायर गरेका हुन्। मन्त्रिपरिषद् बैठकले आइतबार बिहान तेस्रो रोलक्रममा रहेका चन्दलाई आइजीपी बनाउने निर्णय गरेपछि एक नम्बर वरियतामा रहेका सिलवाल न्याय खोज्दै अदालत पुगेका हुन्।

सिलवालको रिटमा आइजीपीको विषय सार्वजनिक सरोकारको भएको उल्लेख छ। सिलवालले मन्त्रिपरिषदको अधिकारमा राजनीतिक पार्टीको हस्तक्षेप देखिएको भन्दै नियुक्तिप्रति असन्तुष्टि जनाइएको छ।

उनले नेपाल प्रहरीको कार्यसम्पादन, मूल्यांकन, वरिष्ठतालगायत आधार विपरित चन्दलाई आइजीपीमा नियुक्ति गरिएको प्रति समेत आपत्ति जनाएका छन्।
प्रकाशन मिति–२०७३ साल फागुन १ गते आइतवार ।