काठमाडौं। मन्त्रिपरिषद्को बुधबार राति अवेर बसेको बैठकले आज लकडाउनको ८० औ दिनवाट पसल खोल्ने दिने निर्णय गरेको छ।

त्यस्तै सवारी साधनलाई पनि जोर–बिजोरका आधारमा संचालन गर्न दिने निर्णय गरेको छ। यो प्रणाली काठमाडौं उपत्यका लगायतका कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा मात्रै लागु गर्ने निर्णय भएको हो।

ट्याक्सी, मोटरसाइकल लगायतका निजी सवारी साधन संचालन गर्न दिने पनि निर्णय भएको छ। ती सवारी साधन जोर–बिजोर प्रणालीमा संचालन हुनेछन् । लामो रुटकालाई भने अहिले अनुमति दिइएको छैन।

जोर अंकको गते सवारी साधनको अन्तिम अंक जोर भएका सवारी साधन र बिजोर अंकको गते सवारी साधनको अन्तिम अंक बिजोर भएका सवारी साधन मात्रै चल्न पाउनेछन्।
प्रकाशन मिति–२०७७ साल जेठ २९ गते विहीवार ।