काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन जारी लकडाउनका रहेको छ। लकडाउनको वर्तमान अवस्थामा नेपाल प्रहरीका भूतपूर्व प्रहरी हवल्दार सुनकुमार अवाल मानिसलाई नभई नहुने अत्यावश्यक खानेपानीको वितरण कार्यमा तल्लिन रहेका छन्।

स्थानीय प्रशासनले दिएको टाइमटेवुल अनुसार, कोटेश्वर भाटभटेनी पछाडिको निखिलेश्वर मन्दिर मार्गस्थित अवाल खाजाघरवाट खानेपानी वितरण गर्ने कार्यमा भूतपूर्व प्रहरी अवालको व्यस्तता रहेको छ। अवाल खाजाघर स्थापनादेखि नै कोटेश्वर वरपर खानेपानी वितरण गर्ने कार्य गर्दैआएका अवालले यो विषम परिस्थितिमा कोटेश्वर वरपर खानेपानीको जारलाई घर–घरमा डेलिभरी गर्ने कार्य पनि गर्दैआएका छन्।

प्राय नजिकका उपभोक्ताहरु आफै खाली जार लिएर खानेपानी लिन आउने गरेका छन्भने, कतिपयको घरमा अवाल आफैले डेलिभरी पनि गर्न पुग्ने गरेका छन्। लकडाउनको अवस्थामा खाजाघरलाई भने बन्द गरिएको छ।

Make-up Artist Mr. Sun Kumar Awal

खानेपानी विक्री–वितरण मात्र गर्ने कार्य आफूले गरिरहेको अवालले भिजन संसार डटकमलाई बताएका छन्। घरमा नै रिजर्भ गरिएको १० हजार लिटर ट्यांकरमा रहेको खानेपानीलाई सहुलियत दरमा कोटेश्वरवासीलाई विक्री–वितरण गर्ने कार्य गर्दैआएको पनि अवालले भनेका छन्।

अवालको खानेपानी वितरण केन्द्रमा गोकर्ण तथा मातातीर्थका खानेपानी ट्याँकरवाट खानेपानी सप्लाई हुने गरेको छ। अवालेले नेपाल प्रहरीमा लामो समय सेवा प्रदान गरेर सेवा निवृत प्रहरी हवल्दार हुन। उनी नेपाली चलचित्र उद्योगका प्रसिद्ध मेकअप आर्टिष्ट पनि हुन। Call for Drinking water-9841423213
प्रकाशन मिति–२०७७ साल बैशाख ९ गते मंगलवार ।