काठमाडौं। कोरोनाभाइरसका कारण नेपालमा लकडाउन भएको पनि आज बैशाख १० गते बुधवारवाट ३० दिन पुगेको छ। अर्थात एक महिना नेपाल लकडाउनमा परिसकेको छ। सरकारले जारी गरेको लकडाउनको अवधि अझै ५ दिन वाँकी छ। बैशाख १५ गतेसम्म लकडाउन कायम गरिएको छ।

यो भन्दापनि अझ लकडाउन बढ्ने संभावना धेरै बढ्रिहेको अवस्था रहेको छ। लकडाउनले धेरैको रोजीरोटी खोसेको छ। कति धेरैजना लकडाउनको कारण बस्न टिक्न नसकेर घर हिंड्ने क्रममा आधा वाटोमा नै विचल्ली परेको पाइएको छ। कतिको त श्रीमान–श्रीमतीको नै लकडाउनले विछोड पारिदिएको छ।

लकडाउनले विछोदमा परेको दम्पत्तिमा पुरोहित ओमधर राजोपाध्याय शर्मा र फेसन डिजाइनर निला शर्मा युवा दम्पत्ति परेका छन्। दुवैलाई लकडाउनले विछोद बनाएको पनि आजवाट ३० दिन अर्थात एक महिना भैसकेको छ।

लकडाउन हुनुअघि अर्थात गत चैत्र १० गते जजमानको पुरोत्याइँ कार्यको सिलसिलामा काठमाडौं लगनटोलवाट भक्तपुरको मध्यपुर थिमि नगरपालिका बोडे निलवाराही पुगेका पुरेत ओमधर त्यो दिन फर्कन मिलेन। त्यसको भोलिपल्टवाट लकडाउन भएपछि लकडाउनमा नै परेका ओमधर काठमाडौं फर्कन नपाएपछि उतै बस्न बाँध्य बनेका हुन।

लकडाउन खुल्ने आशामा बसेका पुरेत ओमधर राजोपाध्याय शर्मा र फेसन डिजाइनर निला शर्मा दम्पति हरेक हप्ता लकडाउनको अवधि बढाउंदै लगेको कारणले अझ विछोदमा परेको हो। लकडाउनले विछोदमा पारेतापनि मध्यपुरमा रहेका जजमानहरुको नगरी नहुने अत्यावश्यक पुरेत्याइँ कार्य मात्र गर्दैबसेको तथा सामान्य बार्षिक श्राद्धहरु नगरेको र जजमानहरुलाई सामान्य ढंगवाट मात्र गर्न भनेको पुरेत ओमधर बताउंछन्।

यता श्रीमान पुरेत्याइँको सिलसिलामा लकडाउनले मध्यपुरमा सुरक्षित रुपमा जजमानहरुको सेवामा रहेको कारण निलाले खुशी नै मानेकी छन्। छोरा सहित संयुक्त परिवारमा आफू भएको कारण आफूलाई खासै गाह्रो नभएको निलाको भनाई छ। उता ओमधर भने, ३० दिनको लकडाउनमा ७ जजमान परिवारको अत्यावश्यक पुरेत्याइँ वाहेक अन्य पुरेत्याइँ नगरेको भन्छन्।

लकडाउन नभएको भए, एक–दुई दिन विराएर पुरेत्याइँ कार्यमा आफू अत्यन्त विजी हुने गरेको पनि ओमधरले बताएका छन्। लकडाउनले परिवारसंग विछोडिएतापनि कोरोनाभाइरसको चाँडै नै अन्त्य भएमा सवैलाई राहत हुने बताउंछन्। यसैका लागि आफू हरदिन प्रार्थनामा रहेको पनि ओमधरले भनेका छन्।


प्रकाशन मिति–२०७७ साल बैशाख १० गते बुधवार ।