काठमाडौं। वैदिक विधिअनुसार विवाह गर्न चाहनेका लागि विसं २०७७ मा जम्मा १८ वटा मात्र लग्न निस्किएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। वर्षको पहिलो महिना वैशाखमा सबैभन्दा बढी अर्थात् सातवटा लग्न निस्किएको समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमको भनाई रहेको छ।

वैशाखको १३, १४, १९, २०, २२, २३ र २५ गते लग्न जुरेको समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा पनि उल्लेख छ। कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका क्रममा यी सबै लग्न सकिनेछन् । गत चैत ११ गतेदेखि कोभिड–१९ को सङ्क्रमणबाट बच्न सरकारले लकडाउन बैशाख २५ गतेसम्म जारी गरेको छ।

बर्षको पहिलो महिनामा जुरेको वर्षकै सबैभन्दा बढी विवाहको लग्न लकडाउनमा नै सकिने भएपछि यो वर्ष लगनगाँठो कस्ने योजना बनाइरहेका युवायुवती प्रभावित हुने भएका छन् । यसैगरी जेठको ४, ५, १० र ३१ गते गरी चारवटा लग्न छ। असारमा ११, १३ र १४ गते तीनवटा मात्र लग्न छ। मङ्सिरको १६, २१, २२ र २६ गते गरी चारवटा मात्र लग्न निस्किएको समितिले जनाएको छ।

यस वर्ष मङ्सिरपछि विवाहको लग्न छैन्। माघ र फागुनमा बृहस्पति एवं शुक्र ग्रह अस्त हुने भएकाले विवाहको लग्न ननिस्किएको जनाएको छ।


प्रकाशन मिति–२०७७ साल बैशाख २१ गते आइतवार ।