–सन्ध्या सानु
कसले पो सोच्या थियो
संसार यसरी रुन्छ भनेर ?

यो कोरोना भन्ने जातले
यसरी छुन्छ भनेर !

न अँगालेर रुन मिल्छ
न छुन मिल्छ कसैलाई !

लागेको थिएन मृत्यु
यति भयानक हुन्छ भनेर !

कोरोनाबाट बचौं र बचाउ
लक डाउनको पालना गरौं !
(कवि सन्ध्या सानु ख्यातिप्राप्त लोकदोहरी गायिका पनि हुनुहुन्छ।)


प्रकाशन मिति–२०७६ साल चैत २८ गते शुक्रवार ।