gulmi-banda-1

काठमाडौ। पश्चिम नेपालका पहाडी जिल्लाहरुलाई अलग गर्न सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव विरुद्धको प्रदर्शन र बन्द आज विहीवार १६ औं दिन पनि कायमै रहेको छ। लगातारको १६ औं दिनसम्मको बन्दले गुल्मी जिल्लाको जनजीवन अत्यन्त कष्टप्रद बन्न थालेको छ।

सबै बजार, उद्योग तथा कलकारखाना, यातायात सेवा ठप्प हुँदा सर्वसाधारणलाई सास्ती भएको छ । जिल्लामा बन्द लम्बिँदा स्थानीयले दिनहुँ नयाँ तरीकाले बन्दको आयोजना गरिरहेका छन् । ५ नम्वर प्रदेशबाट रोल्पा र प्यूठानसहितका पहाडी जिल्ला विभाजन हुने गरी संसदमा दर्ता भएको संविधान संशोधनको विधेयकविरुद्ध आजबाट फेरी रोल्पा र प्युठान पनि बन्दको आह्वान गरिएको छ।

gulmi-banda

रोल्पा र प्युठानको संयुक्त संघर्ष समितिले बन्दको आह्वान गरेको हो । बन्दका कारण यी जिल्लामा उद्योग, कलकारखाना, सवारी साधन, पसल, विद्यालय तथा सरकारी कामकाज सबै ठप्प पारिएका छन्।संशोधन प्रस्ताव फिर्ता नगर्दासम्म बन्दका कार्यक्रम यथावत् राख्ने ढिपी दलहरुले लिएका छन्। अर्घाखाँंची, बुटवल र पाल्पामा भने बन्द हड्तालका कार्यक्रम नगरिए पनि विरोधका अन्य कार्यक्रम जारी नै छन्।
प्रकाशन मिति–२०७३ साल मंसीर ३० गते विहीवार ।