ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र उपमेयर गीता सत्याल अल्पमतमा रहेका छन्। अल्पमतमा रहेका मेयर महर्जनले मनोमानी गरेको कारण नगरसभा सदस्यहरुले नीति तथा कार्यक्रमलाई बहिस्कार गर्दैआएको छ।

यसैवीच असार १० गते मेयर महर्जनले छैठौ नगरसभामा नीति तथा कार्यक्रमसंगै बजेटको सीमा सार्वजनिक गरेको संवन्धमा दुई तिहाईका नगर सभा सदस्यहरुको ध्यानाकर्षण भएको विज्ञप्ति मार्फत जनाएको छ। कुल १३१ नगरसभा सदस्यहरुमा ९२ जनाले बहिस्कार गरेको छैठौ नगरसभा स्थानीय सरकार ऐन बमोजिम बैध नभएको संयोजनकर्ताको तर्फवाट संयोजनकर्ताव्दय श्रीगोपाल महर्जन र रविन्द्र महर्जनव्दारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरेको छ।

नेकपा एमाले र माओवादी केन्द्रव्दारा निर्वाचित जनप्रतिनिधिहरुले मेयर महर्जनको मनोमानी विरुद्ध खुलेर विरोध गरेको ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले भिजन संसार डटकमलाई बताएका छन्।

दुई तिहाई नगर सभा सदस्यहरुको बहिस्कारको कारण आ.ब.२०७८–०७९ सालको नीति तथा कार्यक्रमको बजेट विहीवार पास हुन नसकेपछि आज शनिवार विहान ११ः३० बजे बगलामुखी शंखमूलस्थित यल दरबारमा ललितपुर महानगरपालिकाले स्थगित नगरसभा बोलाएको छ।

आजको नगरसभामा असन्तुष्ट दुई तिहाई नगरसभा सदस्यहरुलाई चित्त बुझाउन सकेमा बजेट पास हुने अन्यथा फेरि पनि नहुने वडा अध्यक्ष श्रेष्ठले भनेका छन्।
प्रकाशन मिति–२०७८ साल असार १२ गते शनिवार ।