काठमाडौं। नेपालको मौलिक राष्ट्रिय संवत नेपाल संवत नयाँ बर्ष ११४२ को शुभ अवसरमा तिथिमिति सहितको क्यालेण्डर सार्वजनिक भएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विमोचन गरेपछि सार्वजनिक भएको हो।

नेपालभाषाको लोकप्रिय साप्ताहिक पत्रिका लहना साप्ताहिक र लहना न्यूज डटकमको प्रकाशन संस्था हिसी मिडिया प्रा.लि.ले नयां बर्ष ११४२ को क्यालेण्डर प्रकाशनमा ल्याएको हो।

जसमा लहना साप्ताहिक र लहना न्यूज डटकमका अध्यक्ष तथा महाप्रवन्धक एवम् प्रधान सम्पादक नृपेन्द्र लाल श्रेष्ठको छोरी नुसला श्रेष्ठ, नेपाल समाचारपत्र दैनिकका समाचार सम्पादक सुनिल महर्जनको छोरा सहश्रीक महर्जन, इमेज च्यानल एजडीका नेपालभाषा सम्पादक केके मानन्धरको छोरी सिचु मानन्धर र लहनान्युजका सम्पादक रसिया श्रेष्ठले क्यालेण्डरमा परम्परागत मौलिक पहिरनमा फोटो मोडलिङ गरेका छन्।

जसवाट हिसी मिडियाको लहनामय हिसी क्यालेण्डर नै सावित भएको छ।

प्रकाशन मिति–२०७८ साल कात्तिक १७ गते बुधवार ।