काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कुमालेको चक्र चलाएर माटोको पाला बनाएरै देखाएका छन्। मध्यपुर थिमी नगरपालिका स्थित दुई पोखरीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले माटोको पाला बनाएका हुन्।

स्थानीय माटोका भाडाकर्मीको सहयोगमा ओलीले माटोको पाल बनाएपछि गौरबका साथ आफूले माटोको पाला बनाएको प्रतिक्रिया दिएका छन्। अव आउने बर्षको तिहारमा आफूले बनाएका माटोको पालालाई प्रयोगमा ल्याउने बचनबद्धता पनि व्यक्त गरेका छन्।

माटा कुरा सवैभन्दा बलिया हुने तर्क दिदै ओलीले माटो धेरै पकायो भने ढुंगा भन्दा कडा हुने जिकिर समेत गरे । मध्यपुर थिमी सहित पूरै भक्तपुर जिल्ला नै जिवित संग्रहालय भएको समेत दावी गरेका छन्।

महान पर्व तिहारको उपलक्ष्यमा मध्यपुर थिमि नगरपालिकाले प्रकाशनमा ल्याएको ‘गन्तव्य मध्यपुर थिमी’ नामक पुस्तकको लोकार्पण गर्ने कार्य पनि अध्यक्ष ओलीवाट भयो। समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा बोकेर हरेक क्षेत्रबाट विकासका आयामहरु फैलाउने कार्यमा आफू प्रतिबद्धताका साथ लागेको पनि ओलीले बताए।

कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका हसमुख मेयर मदनसुन्दर श्रेष्ठले अध्यक्ष ओलीको स्वागत गर्दै ‘गन्तव्य मध्यपुर थिमी’का वारेमा प्रकाश पारेका थिए।
प्रकाशन मिति–२०७८ साल कात्तिक १८ गते विहीवार ।