Prime Minister officeकाठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएअघिदेखि विभिन्न देशमा नेपाली राजदूतहरुको नियुक्त हुन सकेको थिएन।

ओली नेतृत्वको सरकार आएपछि विभिन्न व्यक्तिहरुलाई राजदूतमा नियुक्त गरिने विभिन्न होहल्ला आएतापनि होहल्ला जस्तो हुन सकेन।

मंगलवार बसेको मन्त्रीपरिषदको बैठकले राजदूत नियुक्तिको सिफारिस गरेको छ। विभिन्न मुलुकका नेपालका २१ राजदूतावास नेतृत्वविहिन अवस्थामा रहेकोमा ती देशमा राजदूत नियुक्त गरिएको छ। मंगलवार नियुक्त भएका नेपाली राजदूतहरुमा यसप्रकार रहेका छन्–

१.डा. दुर्गाबहादुर सुवेदी—बेलायत
२. डा. महेन्द्रबहादुर सिंह— कतार
३. महेन्द्रबहादुर पाण्डे—चीन
४. युवराज कार्की— दक्षिण कोरिया
५.नारदनाथ भारद्वाज—श्रीलंका
६. लक्की शेर्पा—अस्ट्रेलिया
७. निरन्जन थापा—रसिया
८. खगेन्द बस्नेत—बंगलादेश
९. खडक केसी—जापान
१०.ताराप्रसाद पोखरेल—ब्राजिल
११. ऋषिराम अधिकारी—म्यानमार
१२. युगनाथ लम्साल—डेनमार्क
१३. रमेश खनाल—जर्मनी
१४. प्रकाश सुवेदी—अस्ट्रिया
१५.लोकबहादुर थापा—बेल्जियम
१६. झविन्द्र अर्याल—इजिप्ट
१७.सेवा अधिकारी—पाकिस्तान
१८.भरतबहादुर रायमाझी—युएई
१९. पदम सुन्दास–बहराइन
२०. शिवमाया तुम्वाहाम्फे–इजरायल
२१. अलिअख्तर मिकरानी–साउदी अरविया
प्रकाशन मिति–२०७३ साल बैशाख ७ गते मंगलवार ।