OLYMPUS DIGITAL CAMERA

काठमाडौ। राजतन्त्रको माग गर्दै जुलुससहित सडमा उत्रेको आरोप सहित राप्रपा नेपालले सघिय मामिला तथा स्थानिय विकास सहायक मन्त्री विराज विष्टलाई मंत्री पदवाट फिर्ता वोलाएको छ।

राजतन्त्रको वकालत गर्दैआएको राप्रपा नेपालले पार्टीको नीतिविपरित राजतन्त्र फर्काउने कार्यमा सहायक मन्त्री विष्ट लागेको आरोप लगाउंदै विष्टलाई फिर्ता वोलाएको हो। सहायक मन्त्री विष्टलाई फिर्ता वोलाएको घटना प्रकरणले राप्रपा नेपालले राजतन्त्रको वकालतको लाइनलाई छाड्ेको प्रष्ट भएको छ।

अर्कोतर्फ गठवन्धनको सरकारमा आँच आउने डरले पनि त्यसो गरेको हुनुपर्ने विश्लेषकहरुको धारणा रहेको छ। राप्रपा नेपालको सोमवार बसेको कार्य सम्पादन समितिको बैठकले पदीय मर्यादा विपरित पार्टीको हित र एकतामा आघात पुग्ने गतिविधिमा संलग्न भएकोले सहायक मन्त्री विष्टलाई फिर्ता बोलाउने निर्णय भएको पार्टीको सहप्रवक्ता मोहन श्रेष्ठले बताएका छन्।
प्रकाशन मिति–२०७३ साल बैशाख ७ गते मंगलवार ।