KP Oli sambodhanकाठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बर्षको पूर्वसन्ध्यामा देशवासीको नाममा संवोधन गर्दै नेपाल सरकार जायज र न्यायोचित माग संवोधन गर्न तयार रहेको उल्लेख गर्दै आन्दोलनरत मधेशी मोर्चालाई बार्तामा आउन आग्रह गरेका छन्। संवोधनको क्रममा वातौको माध्यमवाट सवै समस्याको समाधान हुने समेत उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले सहमतिका लागि आन्दोलन नभइकन संवाद नै पर्याप्त हुने भन्दै बार्ता अत्यन्त आवश्यक भएको कुरामा जोड दिएका छन्। वि.सं.२०७२ सालमा नेपालको संविधान जारी गर्न सक्नु र पाउनु उपलव्धीमूलक भएतापनि बर्ष २०७२ को शुरुवातमै बैशाख १२ गते आएको महाभूकम्प तथा भारतको नाकाबन्दी पीडादायक भएको प्रधानमन्त्री ओलीले भन्न चुकेन ।

भूकम्पसंगै घर ढलेपनि आत्मविश्वास भविष्य ढलेको छैन भन्ने सन्देश हामीले उद्धार र राहतको क्रममा जनतालाई महशुश हुने गरी दिन सकेको भएतापनि पूनर्निर्माण कार्य भने अपेक्षित गतिमा अघि बढ्न नसकेको यथार्थतालाई आत्मवोध गर्ने कार्य प्रधानमन्त्री ओलीले संवोधनका क्रममा भनेका छन्।

ओलीले नयां बर्ष २०७३ को बैशाख १२ गतेभित्र भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये ११ वटा जिल्लाका विभिन्न गाविसमा अनुदान संझौता प्रकृया अगाडि बढ्ने कुरा उल्लेख गरेका छन्। नेपालका छिमेकी भारत र चीन लगायत सवै मित्र राष्ट्रहरुसंग संयुक्त राष्ट्रसंघको बडापत्र र पंचशीलका सिद्धान्तको आधारमा पारस्परिक समानता र हितको नीति अनुरुप सुमधुर राख्ने विश्वास दिलाउंदै प्रधानमन्त्री ओलीले सवै देशवासीमा नयाँ बर्ष २०७३ सालको हार्दिक शुभकामना भनेका छन्।
प्रकाशन मिति–२०७२ साल चैत्र ३० गते मंगलवार ।