काठमाडौं। समाज सेवाको विश्वविख्यात अग्रणी संस्था लायन्स क्लव अफ काठमाडौं समृद्धिको प्रेसिडेन्टमा डेबिड श्रेष्ठ चुनिएका छन्। लामो समयदेखि समाज सेवामा आवद्ध लायन डेविड श्रेष्ठ लायन्स क्लब अफ काठमाडौं समृद्धिको सन् २०२२ को प्रेसिडेन्टमा चुनिएका हुन्।

Mr.Devid Shrestha(Presedent of Lions Club of Kathmandu Smridhi)

लायन्स क्लब अफ काठमाडौं समृद्धिका चार्टर मेमबर समेत रहेका लायन डेविड श्रेष्ठले लायन्स क्लब अफ काठमाडौंं समृद्धिमा सन् २०१२ देखि आवद्ध हुदै सन् २०२२ सम्म पुग्दा प्रेसिडेन्ट बनेका हुन्।

 

लायन्स क्लब अफ काठमाडौं समृद्धिको प्रेसिडेन्ट भएको लगतै श्रेष्ठको अगुवाईमा विश्व वातावरण दिवसको अवसरमा पर्यावरणीय सन्तुलन गर्नका लागि बृक्षारोपण, रगतको हाहाकारलाई परिपूर्ति गर्न विशेष रक्तदान कार्यक्रम संपन्न भैसकेको छ।

त्यस्तै, कोही भोका नहुन भन्ने नारा सहित हङ्गर प्रोग्राम अन्तर्गत विभिन्न बालआश्रम तथा बृद्धाश्रममा निःशुल्क भोजन कार्यक्रम समेत नियमित संचालन गर्ने कार्य प्रारम्भ भएको पनि प्रेसिडेन्ट श्रेष्ठले भनेका छन्।

एक बर्षे प्रेसिडेन्टको महत्वपूर्ण पदलाई अझ गरिमामय वनाउन सक्दो सामाजिक कार्यहरुमा अग्रता प्रदान गर्दैजाने प्रतिबद्धता पनि प्रेसिडेन्ट श्रेष्ठले व्यक्त गरेका छन्।

प्रकाशन मिति–२०७९ साल असार २३ गते विहीवार ।