काठमाडौैं। अन्तरराष्ट्रिय सामाजिक संस्था लायन्स क्लव अफ काठमाडौं समृद्धिमा सर्वसम्मत निर्वाचित प्रेसिडेन्ट डेविड श्रेष्ठको अध्यक्षतामा पहिलो जनरल मिटिङ संपन्न भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर २ लाजिम्पाट स्थित टोरेन्टो रेष्टुरेन्टको सभाकक्षमा लायन्स क्लव अफ काठमाडौं समृद्धिको जनरल मिटिङ संपन्न भएको हो।

सन् २०१३ मा स्थापित लायन्स क्लव अफ काठमाडौं समृद्धिले स्थापना कालदेखि नेपालका विभिन्न स्थानहरुमा सामाजिक सेवात्मक कार्य गरेर अरुभन्दा फरक कार्य गर्न सफल भएको जनरल मिटिङमा पदाधिकारीहरुले एक पछि अर्को प्रतिवेदन सहित उल्लेख गरेका थिए। पूर्व मेची देखि पश्चिम महाकालीसम्म सामाजिक सेवा विस्तार गर्ने क्रममा आफूहरु लागिरहेको पदाधिकारीहरुले बताए।

त्यसमा पनि अरु लायन्स क्लबहरुले भन्दा फरक कार्य गर्न आफूहरु क्रियाशील रहेको जानकारी प्रेसिडेन्ट डेविड श्रेष्ठले भनेका छन्। यसक्रममा भोकालाई भोजन नामक हंगर प्रोग्राम, ब्लड डोनेसन, आई क्याम्प लागयतका कार्यहरु प्रेसिडेन्ट भएको एक हप्तामा नै गरिसकेको र यो एक बर्षभित्र थप आयामिक कार्यहरु गर्दैजाने प्रतिबद्धता पनि प्रेसिडेन्ट श्रेष्ठले व्यक्त गरेका छन्।

यसमा लायन्स क्लब अफ काठमाडौं समृद्धिमा आवद्ध विभिन्न पेशामा आवद्ध डाक्टर, इञ्जिनियर, व्यापारी देखि संचारकर्मीसम्मले फरक ढंगले फरक शैलीवाट सामाजिक उत्थानका कार्य गर्ने खुलासा पनि प्रेसिडेन्ट श्रेष्ठले गरेका छन्।

त्यस्तै, भाइस प्रेसिडेन्ट युविका श्रेष्ठले हरेक हप्ताजस्तो फरक कार्यहरु आफूहरुले गर्दैआएको र केही हप्ताअघि मात्र लमजुङको सुन्दरवजार तथा बेसीशहरमा सामाजिक कार्य गरेर अरुभन्दा फरक बनेको बताएकी छन्।

कोही भोका नहुन र कोही स्वास्थ्य सेवा पाउनवाट बञ्चित नहोस् भन्ने आफूहरुको मूल नारा तथा धारणा अनुरुप विभिन्न सामाजिक कार्यहरु गर्दैआएको जानकारी पनि भाइस प्रेसिडेन्ट श्रेष्ठले दिएकी छन्।

प्रकाशन मिति–२०७९ साल असार २५ गते शनिवार ।