Lion Newari Bhojकाठमाडौ। आधुनिकतासंगै नेपाली परम्परागत भोजभतेर लोप हुन लागेको छ। त्यसमाथि, नेवारी संस्कृति अनुसार सुकुलमा बसेर आरामसंग मिष्ठान भोज खाने परम्परा करिब करिब लोप हुने अवस्थामा नै पुगेको छ। विश्वका धेरै धनी मुलुकका पर्यटकहरुले पनि अत्यन्त मन पराएको नेवारी सुकुल भोजको प्रवद्र्धनको आवश्यकतालाई महशुश गरेर लायन्स क्लव अफ काठमाडौ समृद्धिको आयोजनामा भव्य परम्परागत नेवारी लप्ते भोज गरिने भएको छ।

यही साउन २२ गते अपरान्हतिर काठमाडौको स्वयम्भुस्थित महामञ्जुश्रीको प्रांगणमा उक्त बृहत नेवारी लप्ते भोजको आयोजना गरिन लागेको जानकारी लायन्स समृद्धिका कार्यकारी सदस्य डेविड श्रेष्ठले दिएका छ। सदस्य श्रेष्ठका अनुसार, नेवारी परम्परागत लप्टे भोज गरिनुको पछाडि परम्परालाई प्रवद्र्धन गर्नु नै प्रमुख लक्ष्य हो। त्यसको अलावा नेवारी लप्टे भोज च्यारिटी भोज कार्यक्रमवाट उठेको रकमवाट विभिन्न सामाजिक कार्यमा खर्चिने भएको छ।

David Lion

गत बर्षको महाभूकम्पमा विभिन्न स्थानमा राहत सहयोग प्रदान गरिनुको अलावा सामाजिक कार्यहरुमा पनि सहयोग गर्ने कार्य भएको छ। यस महत्वपूर्ण गौरबशाली कार्यमा सवैलाई सहभागिता जनाउन लायन्स क्लब अफ काठमाडौ समृद्धिले आव्हान समेत गरेको छ।
प्रकाशन मिति–२०७३ साल साउन ९ गते आइतवार ।