ललितपुर । नेपालका ख्यातिप्राप्त मोडल तथा इन्टरनेशनल फेसन कोरियोग्राफर राज फैजु फाउण्डर डाइरेक्टर रहेको रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना लिट्टल प्रिन्स एण्ड प्रिन्सेस नेपालको आठौ संस्करण तथा टीन प्रिन्सेस डिभाको तेश्रो संस्करण हुने भएको छ।

यही बैशाख २२ गते भव्य तथा सभ्यका साथ काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा हुने फाउण्डर डाइरेक्टर फैंजुले बताएका छन्। लगभग कार्यक्रमको अन्तिम तयारीमा पुगेको दुवै कार्यक्रम एकसाथ हुन गैरहेको हो।

यी दुवै कार्यक्रममा ९ देखि १२ उमेर समूहका २१ जना र १३ देखि १५ बर्ष उमेर समूहका १० जनावीच प्रतिस्पर्धा हुने भएको आयोजक संस्थाका फाउण्डर डाइरेक्टर फैजुले भनेका छन्। यसैवीच दुवै प्रतियोगितामा सहभागी ३१ जनालाई ललितपुरको थसिखेल स्थित लर्ड बुद्ध असहाय केन्द्रमा भिजिट गराएको छ।

त्यहां रहेका असहाय बाल–बालिकाहरुको बस्तुस्थितिको बारेमा जानकारी गराउनुको अलावा उनीहरुलाई आयोजकको तर्फवाट सहभागीहरुकै हातवाट खाद्यान्न तथा लत्ता–कपडा वितरण गरिएको थियो।


प्रकाशन मिति–२०७५ साल बैशाख १४ गते शुक्रबार ।