ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको विगत पाँच बर्षमा कार्यकाल अत्यन्त उल्लेखनीय भएको वडावासीको ठहर रहेको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ स्थित महालक्ष्मी टोल विकास संस्थाको साधारणसभामा दिल खोलेर वडावासीहरुले वडा अध्यक्ष श्रेष्ठ नेतृत्वको टीमको प्रशंशा भएको हो।

वडावासीको चाहना अनुरुप वडाको विकास तथा निर्माण कार्यमा अत्यन्त राम्रो कार्य गरेको पनि टिप्पणी भएको छ। महालक्ष्मी टोल विकास समितिको तेश्रो तथा चौथो साधारणसभामा आयोजित कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठ नेतृत्वको टीमलाई ३० बैशाखमा हुने स्थानीय निकायको निर्वाचनमा बहुमतले निर्वाचित गराउन आफूहरुको साथ तथा सहयोग रहने प्रतिबद्धता पनि जनाएको छ।

साधारसभा टोल विकास संस्थाका अध्यक्ष शिक्षाविद रमेश शाक्यको सभापतित्वमा भएको थियो। टोल विकास संस्थाका ज्येष्ठ नागरिका एवम् भूपू ब्रिटिश आर्मी अफिसर हरिया तामाङले पानसमा बत्ती बालेर साधारण सभाको उदघाटन गरेका थिए।

वडा अध्यक्ष श्रेष्ठले आफूहरुको टीमलाई यति धेरै माया तथा स्नेह दिएकोमा टोल विकास संस्थालाई धन्यवाद तथा कामको सही मूल्यांकन भएकोमा आभार व्यक्त गरेका छन्। आगामी दिनमा अझ बढी कार्य गर्ने हौसला आफूहरुलाई मिलेको पनि वडा अध्यक्ष श्रेष्ठले भनेका छन्।

कार्यक्रम संचालन टोल विकास संस्थाका सचिव रामु ताम्राकारले गरेका थिएभने, स्वागत भाषण विजय जोशीले गरेका थिए। वार्षिक आर्थिक प्रतिवेदन कोषाध्यक्ष सरोजनी राजभण्डारीले प्रस्तुत गरेका थिए।

टोल विकास संस्थाका अध्यक्ष रमेश श्रेष्ठले वडा अध्यक्ष श्रेष्ठ सहित वडा सदस्यहरु शोभादेवी प्रधान, पूनम निरौला, अशोक श्रेष्ठ, मञ्जु रिजाल लगायतलाई विजयी भवः सहितको टोकन अफ लभ प्रदान गरेका थिए।

प्रकाशन मिति–२०७९ साल बैशाख १० गते शनिवार ।