काठमाडौं। युवाहरु देशको मेरुदण्ड हो। नेपाली राजनीतिमा मेरुदण्डरुपी युवाहरु नेतृत्वमा पुग्नु अत्यन्त आवश्यक छ। युवाहरुमा बेग्लै जोश तथा जाँगर हुने भएको कारण ऊर्जनशील युवाहरुले जस्तोसुकै कठिनाईलाई पनि सहज ढंगवाट समाधान गर्ने ताकत हुन्छ।

यसकारण, पुराना पुस्ताका राजनीतिज्ञहरुको सल्लाह तथा सुझावमा युवाहरुले नेतृत्व गर्न अत्यन्त जरुरी भैसकेको युवा नेता लाक्स श्रेष्ठको ठहर छ। नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिकाको जुझारु समाजसेवी सक्रिय युवा नेता लाक्स श्रेष्ठ युवाहरुको जोश तथा जाँगरले नै देश बन्ने दावी गर्छन्। स्थानीय सरकारको नेतृत्वमा लाक्स श्रेष्ठ जस्ता धेरै युवाहरुको अत्यन्त खाँचो रहेको स्थानीयहरुको भनाई छ।

यतिखेर ३०, बैशाखको स्थानीय चुनावमा बढीभन्दा बढी युवाहरुलाई नेतृत्वमा ल्याउन सवै पार्टीका उच्च निकायले ध्यान दिनुपर्ने कुरामा लाक्सले जोड दिएका छन्। युवाको नेतृत्वले नै स्थानीय निकायको मुहार चम्किने दावी र विश्वास लाक्सको रहेको छ। गोकर्णेश्वर नगरपालिकाको स्थानीय विकास–निर्माणमा लामो समयदेखि सक्रिय योगदान दिदैआएका लाक्स श्रेष्ठले स्थानीय सरोकारका सामान्यदेखि गहन समस्याको समाधान गर्ने र गराउने कार्यमा अतुलनीय योगदान दिने कार्य गर्दैआएका छन्।

नेपालमा राजनीति गर्ने नेताहरुले राजनीतिलाई पेशा नै बनाएको कारण नेपाली राजनीति सधै बदनाम हुने गरेको छ। राजनीति कुनैपनि हालतमा पेशा अर्थात व्यवसाय होइन। राजनीतिलाई पेशा तथा व्यवसाय बनाएपछि निश्चित रुपमा त्यो राजनीति नभइकन व्यापार हुन्छ। राजनीतिलाई पेशा बनाउने हो भने त्यो राजनीति भन्न नमिल्ने ठहर तथा जिकिर युवा नेता लाक्स श्रेष्ठको रहेको छ।

नेपाली राजनीतिमा भने बालकृष्ण श्रेष्ठको नामवाट भन्दा बढी लाक्सको नामवाट धेरै चिनिएका छन्। लाक्स विशेषत नेपाली कांग्रेसका संस्थापक युगान्तकारी नेता बीपी कोइरालाको आत्मबृतान्त नामक पुस्तकवाट प्रभावित बनेर नेपाली कांग्रेसको राजनीतिमा लागेका हुन्। बीपीको आत्मबृतान्त धेरैपल्ट दोहो-याएर अध्ययन गरेपश्चात त्यसवाट प्रभावित बनेर राजनीतिमा लागेको बताउने लाक्स आफू राजनीतिलाई पेशा बनाउन नआएको र राजनीतिवाट समाजसेवा गर्न आएको खुलासा गर्छन्।

प्रकाशन मिति–२०७९ साल बैशाख १० गते शनिवार ।