काठमाडौ। अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाअभियोगको प्रस्ताव दर्ता भएपछि उत्पन्न राजनीतिक घटनाक्रमलाई लिएर नेताहरुले विदेश भ्रमण धमाधम रद्द गर्न थालेका छन्।

kp-oli-with-onsari-gharti

नेकपा कोएमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु हुने भनिएको बंगलादेश भ्रमण कार्यक्रम रद्द गरेका छन्। बंगलादेशको अवामी लिगको राष्ट्रिय सम्मेलनमा भाग लिन उनी आज ६ दिनका लागि ढाका जाने कार्यक्रम थियो।

यसअघि सभामुख ओनसरी घर्तीले पनि स्वीजरल्यान्डको जेनेभामा हुने अन्तर संसद्सम्बन्धी बैठकमा सहभागी हुने कार्यक्रम रद्द गरेकी थिइन्।
प्रकाशन मिति–२०७३ साल कात्तिक ५ गते शुक्रबार ।