ललितपुर। लोकसाहित्यका अध्येता मदनसेन बज्राचार्यलाई करुणाकर सिरपा प्रदान गरिएको छ। ललितपुरमा आयोजित नगद ३० हजारको उक्त करुणाकर सिरपा वितरण समारोहमा वाङमय
शताव्दी पुरुष डा.सत्यमोहन जोशीले अध्येता बज्राचार्यलाई उक्त पुरस्कार प्रदान गरेका हुन्।

 विसं.२०४१ सालमा लोकसाहित्य परिषद्ले करिब २० बर्षपछि यो पुरस्कारले निरन्तरता पाएको हो। समारोहलाई सम्बोधन गर्ने क्रममा शताव्दी पुरुष डा जोशीले नेपालका प्रथम सेरामिक वैज्ञानिक करुणाकर वैद्य आफ्नो गुरु भएको बताउंदै वैद्य नेपालको लोकसाहित्यका प्रणेता रहेको समेत दावी गरेका छन्। वैद्यले अत्यन्त लोकप्रिय लोककथा ध्वंच्वलेचिया बाखं (ब्वाँसो र बाख्राको कथा)लाई लिपिवद्ध गरी जनमानसको मनमनमा गहिरो छाप बसाउने काम गरेको प्रसंग पनि डा.जोशीले उल्लेख गरेका छन्।

सम्मानित व्यक्तित्व बज्राचार्यले मन्तव्यको क्रममा आपूm भक्तपुर क्याम्पसमा नेपालभाषा अध्यापन गर्ने क्रममा भक्तपुरका स्थानियहरुसंग भेटेर लोककथाहरु क्यासेटमा रेकर्ड गरेर ल्याउने र ललितपुरमा गएर आफ्ना गुरु डा सत्यमोहन जोशीलाई सुनाउने गरेको त्यो प्रसंग पनि उल्लेख गरेर सवैलाई भावुक पनि बनाए । लोकसाहित्य संकलन गर्ने क्रममा ललितपुर र काठमाडौं मात्र नभई उपत्यका बाहिरसम्म गएर लोककथाहरु संकलन गरेको पनि उनले सुनाए।

कार्यक्रमका प्रमुख अतिथि डा.जोशीले स्व वैद्य पन्नाप्रसाद जोशीले सम्पादन गरेको संक्षिप्त नेपालभाषा शब्दकोशको दोस्रो संस्करणको विमोचन पनि गरेका थिए। उक्त शब्दकोशको पहिलो संस्करण ६७ बर्ष अगाडि प्रकाशित भएको थिया। त्यो बेला उक्त शव्दकोशको मूल्य रु ३ मात्र थियो। प्राध्यापक प्रेमशान्ति तुलाधरको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्तम परिषदका सचिव राजितबहादुर श्रेष्ठले संचालन गरेका थिए।
प्रकाशन मिति–२०७५ साल पुष १ गते आइतवार।