ललितपुर। ललितपुर महानगरपालिका वडा नंबर ५ को आयोजनमा शुभ दीपावली, नेपाल संवत नयाँ बर्ष ११४२ तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम संपन्न भएको छ।

पूर्व सांसद तथा नेकपा एमाले पोलिट व्युरो सदस्य सुशीला नेपालको प्रमुख आतिथ्यता शुभकामना आदान प्रदान कार्यक्रम संपन्न भएको हो। आयोजक ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको प्रमुख संयोजकत्वमा आयोजित कार्यक्रममा सवै वडावासीलाई शुभकामना दिने कार्य भएको थियो।

कार्यक्रममा वडाको वडा दर्पण स्मारिकाको लोकार्पण तथा वडावासीलाई कपडाको झोला तथा फोहर व्यवस्थापनको लागि डस्टविन बाल्टिन पनि वितरण गर्ने कार्य भएको थियो। त्यस्तै, यो बर्ष एसइइ परिक्षा उत्तिर्ण वडावासी विद्यार्थीहरुलाई सम्मान पनि प्रदान गरिएको थियो।

कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्य तथा नेकपा एमाले ललितपुर जिल्लाका अग्रज नेता हरिकृष्ण व्यञ्जनकार लगायतको विशेष आतिथ्यता रहेको थियो।

प्रकाशन मिति–२०७९ साल कात्तिक ५ गते शनिवार।