–बिरबल रोका क्षत्री
कतार । निर्वाचनको बेला मात्र नभइकन सधै जनताको माझ रहने कर्णालीका सशक्त जुझारु नेता ठम्मर विष्टको प्रतिबद्धता रहेको छ। पंचायतकाल देखि नैं बिद्यार्थी मोर्चामा क्रियाशील नेता बिष्ट आगामी मंसीर ४ गते हुन गैरहेको प्रदेशसभाको निर्वाचनमा कर्णाली प्रदेशको सुर्खेत क्षेत्र नंबर १ (क) वाट उम्मेदवारी दिएका छन्।

नेकपा एमालेवाट उम्मेदवारी दिएका नेता विष्टको यो दोश्रो इनिङको उम्मेदवारी हो। यसअघि विसं.२०७४ सालको प्रदेश निर्वाचनमा सोही क्षेत्रवाट भारी मतवाट विजयी बनेर जनताको मनमा बस्न सफल नेता विष्ट चालिसको दशकवाट कम्युनिष्ट राजनीतिमा सक्रिय वन्दैआएका थिए। करिब पच्चीस बर्ष नेकपा माओवादी केन्द्रसंग आवद्ध भएर जनयुद्धमा समेत होम्मिएका उनी पार्टीको भेरी कर्णाली ब्यूरो सदस्य, जनमुक्ति सेनाको कंपनी कमीसार हुंदै ब्रिगेड भिसी, २०६ नेकपा माओवादी केन्द्र जिल्ला सचिब, २०६० सालमा प्रहरीद्धारा गिरफ्तार, हिरासत जीवन विताउँदै संयुक्त राष्ट्रसंघ (अनमीन) अन्तर्गत हतियार तथा सेना ब्यबस्थापन संयुक्त अनुगमन टीममा कार्य संपादन गरिसकेका छन्।

विसं.२०७० सालको संबिधान सभाको निर्बाचनमा सुर्खेत क्षेत्र नं १ अन्तर्गत नेकपा माओवादी पार्टीको तर्फवाट उम्मेदवार, २०७४ को आम निर्बाचनमा सुर्खेत जिल्ला क्षत्र नं १ (क) वाट प्रदेश सभा सदस्यमा बिजयी भई पार्टीको कर्णाली प्रदेश सभा संसदिय दलको प्रमुख सचेतक बन्दै जनताका मुद्धाहरुलाई खरो रुपमा उठाउदा पार्टी भित्रको प्रतिपक्ष संसदको रुपमा लोकप्रियता हासिल गरेका थिए। नेकपा माओवादी केन्द्र त्यागेर सूर्य ध्वंजावाहक नेकपा एमाले बनेका नेता बिष्ट हालसम्मको उनको प्रदेशसभा भित्रको संबोधन नैं प्रदेश सभामा सबैभन्दा चर्चाको बिषय मात्र नबनिकन उनको यो प्रभावले सुर्खेत राजधानी देखि प्रदेश र देशमा समेत चर्चा बटुल्न सफल भएका थिए। सधैं जनताका अगाडि त्यागी, निडर, विकासवादी र दुखःसुखका सारथी बनिरहेको कसैवाट छिपेको छैन्।

आफ्नो निर्वाचन क्षेत्रमा थुप्रै भौतिक पुर्वाधार विकास निर्माणका कार्यहरु देखि शिक्षा,स्वास्थ्य ,रोजगार,पर्यटन ,कृषि ,पशु पालन ,सिचाइ,विद्युत, खानेपानी, तटबन्ध,स्वरोजगार लगायत जनताका दिनानुदिन समस्या देखि प्रहरी प्रशाशन अडाअदालतका क्षेत्रमा समेत जनताका समस्यामा कांध हाल्दै आएका छन। बिकास संगसंगै उनको फरक क्षमता भनेको बिकास निर्माणका कामहरु संगसंगै बिकासमा पहलकदम लिइ कामलाइ अगाडि बडाउने र गाउँबस्तीमा गएर जनताहरुको माझमा बस्न रमाउने व्यवहारिक,दुरदृष्टि,सालिनता,कोमलता अति नम्र व्यवहार विष्टको पहिचान बनेका छ।

बिकास निर्माण मात्र नभइकन गरिब र निमुखा जनताहरुको आवाजलाइ संसदको रोष्टमबाट बारम्बार खरो रुपमा आवाज बुलन्द गर्न सक्ने चमत्कारीक क्षमता भएका उनी आफ्नो पहिलो कार्यकालमा पार्टीको दायरा भित्र मात्र होइन आम जनतालाई प्रभाबित पार्ने गरी काम गर्न सफल मानिन्छ। बिष्ट आफ्ना अधुरा कामलाई पूरा गर्ने ठोस भिजन सहित चुनाबी मैदानमा उत्रिएको दावी गर्छन्।
प्रकाशन मिति–२०७९ साल कात्तिक ५ गते शनिवार।