pushpa-kamal-dahalकाठमाडौ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीहरुको महान पर्व बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलार्इ सुख, शान्ति, समृद्धि,सुस्वास्थ्य एवम् दीर्घायुको शुभकामना सन्देश व्यक्त गरेका छन्।

प्रधानमन्त्री दाहालले आज दिएको सन्देशमा नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवम् बहुधार्मिक विविधताले भरिपूर्ण एक सुन्दर र बहुविविधतापूर्ण राष्ट्र भएको बताएका छन्।

दाहालले सन्देशमा भनेका छन् –विजयादशमी, तिहार, नेपाल सम्वत्, छठ, ल्होसारजस्ता पर्वहरुका आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु छन्। विविधतायुक्त विशेषताहरु बीचको एकता हाम्रो मौलिक आयाम हो र सबै जाति, भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्नु हाम्रो दायित्व पनि हो।
प्रकाशन मिति–२०७३ साल असोज २५ गते मंगलवार ।