काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणका कारण हप्तौदेखि लकडाउन भैरहदा विपन्न ज्याला–मजदुरी गरेर परिवार पाल्नेहरुलाई सरकारवाट राहत दिने कार्य भैरहेको छ।

यसक्रममा काठमाडौं महानगरपालिका वडा नंबर ४ मा रहेका विपन्न वर्गहरुलाई काठमाडौं महानगरपालिकाको मापदण्ड अनुरुप आज आइतवारवाट राहत दिने कार्य भएको हो।

काठमाडौं महानगरपालिकाको ठूला वडामध्ये एक ठूलो वडा नंबर ४ स्थित विभिन्न स्थानहरुवाट कुपन सिस्टमवाट व्यवस्थित तरीकाले राहत वितरण गर्ने कार्य भएको वडा नंबर ४ का लोकप्रिय वडा सदस्य दिनेश महर्जनले भिजन संसार डटकमलाई बताएका छन्। वडा सदस्य महर्जनका अनुसार, आज आइतवार ५ सय ६० जना विपन्न वर्गलाई राहत प्रदान गरिएको छ।

वडाका घरघर पुगेर सही विपन्न वर्गलाई पहिचान गरेर उनीहरुलाई मात्र राहत वितरण गर्ने कार्य भएको वडा सदस्य महर्जनको भनाई रहेको छ।

राहतको लागि २ हजारभन्दा बढीले फारम भरेतापनि यथार्थ पहिचान गरेर सही विपन्न वर्गलाई मात्र राहत प्रदान गरिएको हो। नपुग भएको स्थानमा भोलि सोमवार पनि राहत वाँडिने वडा सदस्य महर्जनले भनेका छन्।


प्रकाशन मिति–२०७६ साल चैत २३ गते आइतवार ।