Chituwaकाठमाडौ। नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल आज सोमवार विहान ८ बजे एक्कासी चितुवा देखिएपछि आतंकित बनेको विमानस्थलमा चितुवा बेपत्ता भएपछि दिनभर नै त्यहाँ तनाव भएको देखियो।

बेपत्ता बनेको भनिएको चितुवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा रहेको ड्रेन (पानी बग्ने नाला) भित्र छिरेको खुलासा भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता प्रेमनाथ ठाकुरले बुद्ध एयरका पाइलटले जहाज रोक्ने क्रममा चितुवा देखेपछि चितुवा आत्तिएर ड्रेनभित्र पसेको खुलासा गरेका छन्।

प्रवक्ता ठाकुरले चितुवालाई ड्रेनको दुवै मुख थुनेर राखिएको र राति १२ः३० बजे सम्पूर्ण उडान सकिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र एयरपोर्टका कर्मचारी मिलेर उद्धार गरिने भनेका छन्। विमानस्थलमा देखिएको चितुवालाई ड्रेनभित्र नै थुनिएर राखिएको सवै उडान सकेपछि त्यस चितुवालाई सही ठेगान लगाइने भएको छ।
प्रकाशन मिति–२०७३ साल चैत्र २१ गते सोमवार ।